मलेसियामा भीषण बाढी : कम्तीमा ४७ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । मलेसियामा आएको केही दशकयताकै ठूलो बाढीमा परी अहिलेसम्म कम्तीमा ४७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन दिनसम्म परेको अविरल वर्षापछि आएको बाढीको कारण मलेसियाका धेरै राज्यहरु प्रभावित भएका छन् ।

प्रहरीका अनुसार बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ भने अन्य पाँच जना बेपत्ता छन् । यसअघि ३३ हजार मानिसहरुलाई उद्धार गरिएको थियो । बाढीको कारण सबैभन्दा धेरै पहाङ राज्य प्रभावित भएको छ । समयमा नै बाढीबारे सूचित नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।

मलेसियाका धेरै सहर जलमग्न भएका छन् । जसको कारण प्रमुख सडक बन्द भएका छन् । जलवायु परिवर्तनको कारण भीषण बाढी आएको हुन सक्ने जानकारहरुले बताएका छन् ।

 
 
  
 

You may also like