गुल्मीको कांग्रेस हाक्ने जिम्मा पन्थीलाई

by समतल अनलाइन

बुटवल।नेपाली काँग्रेस गुल्मीको जिल्ला सभापतिमा खिलध्वज पन्थी भारी मत सहित निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा पन्थीले १ हजार २७१ मत प्राप्त गरी बिजयी भएका हुन् । पन्थीका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सतिशकुमार झाले जानकारी दिए ।

यस्तै उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी बिजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी झबिन्द्र बिश्वकर्माले ५०८ मत प्राप्त गरेका थिए । सचिब पदमा जगदीश भट्टराई र भगतसिंह खडका विजयी भएका छन् । भट्टराइले ९९१ मत प्राप्त गरेका छन् भने खडकाले १ हजार २२ मत प्राप्त गरेका हुन् ।

उनीहरुका प्रतिद्वन्द्वी थम्मनबहादुर खत्रीले ४१५,पुर्ण केसीले ३४६ र पृथ्बी फौजदारले १८० मत प्राप्त गरेका थिए । यस्तै सह. सचिबमा छबि पाण्डे धर्मराज पाण्डे नर्वाचित भएका छन । धर्मराजले ८५० मत प्राप्त गरेका छन् भने छबीले १ हजार १३३ मत प्राप्त गरेका हुन् ।

उनीहरुका प्रतिद्वन्द्वी निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरेका छन् । यस्तै सदस्यहरुमा कृष्णप्रसाद पोखरेल,धिरेन्द्र केशी,पदमबहादुर बिष्ट ,लिलाधर आचार्य लोकप्रसाद खरेल बिजयी भएका छन् । कूल १ हजार ७९३प्रतिनिधि रहेकोमा १ हजार ६५५मत खसेको थियो । सभापतिको मतदानमा ३८ मत बदर भएको थियो ।

४२ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष सहित २० प्रतिशत मनोनित गर्ने बिधानमा ब्यबस्था रहेको निर्वाचन अधिकृत झाले जानकारी दिए । पन्थी पौडेल पक्ष हुन भने थापा देउवा पक्ष हुन् ।

 
 
  
 

You may also like