भोजको साथ मोज’ को स्कुटर उपहार आचार्यलाई

by समतल अनलाइन

बुटवल । खाजा तथा घरेलु उपभोग्य बस्तुको अनलाईन मार्केटिङ्ग गर्दै आएको भोज अनलाईनले आफ्ना भाग्यमानी ग्राहकका लागि स्कुटर उपहार दिएको छ । रुपन्देही तिलोत्तमा ड्राईभरटोलका सुयोग आचार्यले भोजको भाग्यमानी ग्राहक स्कुटर उपहार प्राप्त गर्नु भएको हो । आचार्यले भोजको भाग्यमानी ग्राहक स्कुटर उपहार ‘भोजको साथ मोज’ अन्तरगत भेस्पा स्कुटर उपहार प्राप्त गर्नु भएको हो । एक हजार रुपैया भन्दाबढीको खाजा तथा घरेलु उपभोग्य बस्तु खरिद गर्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा स्कुटर उपहार दिने योजना अन्तरगत आचार्यले भोजबाट भेस्पाको स्कुटर उपहार पाउनु भएको सुरपभाईजर अमन भण्डारीले जानकारी दिनुभयो । ‘भोजको साथ मोज’ अन्तरगत आचार्यले दुई लाख ८० हजारको स्कुटर प्राप्त गर्नु भएको छ । भोजले काठमाण्डौ, भक्तपुर, बुटवल र भैरहवाका लगभग ७ सय होटल तथा रेष्टुरेन्टहरुसँग समन्वय गरेर खाना, खाजा र घरायसी उपभोग्य बस्तु अनलाईन वितरण गर्दै आएको बुटवलका प्रवन्ध निर्देशक नेहा अग्रवालले जानकारी दिनुभयो । उहाँले ग्राहकलाई सहज र सजिलो सेवासँगै समयसमयमा ग्राहकको खुशीका लागि उपहार योजना ल्याउने र सो लाई वितरण गर्ने योजना अन्तरगत हाल भेस्पा स्कुटर वितरणको योजना ल्याइएको बताउनुभयो । भोजले बुटवलमा स्थानीय ५० रेष्टुरेन्टबाट २५ जनाभन्दाबढी कर्मचारीबाट सेवा दिई रहेको छ । भोजले ग्राहक उपहार अन्तरगत बन्जी जम्प लगायतका उपहार कार्यक्रम पनि राखेको छ ।

 
 
  
 

You may also like