भारतमा एक बाल अस्पतालमा आगलागी, चार जनाको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो ।

अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार÷चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ ।

 

 
 
  
 

You may also like