आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

by समतल अनलाइन

काठमाडौं। अहिले (बिहीबार) बिहान रुकुम र अछाममा छिटफुट वर्षा भइरहेको मौसमविदले जनाएका छन् । देशका अन्य स्थानमा अहिले कतै वर्षा नभएको मौसमविद् समीर श्रेष्ठले बताए ।

उनका अनुसार हाल देशका धेरैजसो स्थानमा सामान्य (धेरैजसो आकाश बादलले ढोकेको, केही खाली) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली भएको छ । आज दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नु पर्छ) देशभर मौसम सामान्य बदली रहनेछ भने प्रदेश–१, २, बागमती, गण्डकी र लुम्बिनी केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ ।

आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो वा साँझपख मेघगर्जनसहित मध्यमसम्मको क्षणिक वर्षा हुने सम्भावना छ ।

 
 
  
 

You may also like