रोयल सोसेल एन्ड स्पोर्ट्स क्लवद्वारा रक्तदान , ३७ युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । रुपन्देही जिल्ला मा दर्ता भई अग्रणी भुमिका निर्वाह गर्दै आएको रोयल सोसेल एण्ड स्पोर्ट्स क्लवले सोमवार रक्तदान कार्यक्रम गरेको छ उक्त रक्तदान कार्यक्रम मा सस्थाले ३७ युनिट रगत संकलन गरेको छ ।

बुटवल ९ संस्थाले  रक्तदान कार्यक्रम गरेको हो । संस्थाका  अध्यक्ष समीर आचार्यको अध्यक्षता , सस्थाका प्रमुख सल्लाहकार , रोटरियन राजेन्द्र ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा विशिष्ट अतिथी सन्तोष सिंह र अथिति संस्थापक अध्यक्ष निरज बन्जाडेको उपस्थितिमा रहेको थियो ।

संस्थाले गरेका क्रियाकलाप अत्यन्तै राम्रा भएको बताउदै प्रमुख अतिथि राजेन्द्र ढकालले रक्तदान कार्यक्रम को लागि धन्यवाद प्रकट गर्दै आगामी दिनको लागि आफ्नो क्षेत्रबाट गर्ने सम्पुर्ण सहयोग गर्ने बताउनु भएको थियो ।

सो कार्यक्रम मा संस्थापक अध्यक्ष निरज बन्जाडे ले क्लब को बारेमा जानकारी दिदै क्लब ले रक्तदान को लागी खेलेको योगदान समाज मा सकारात्मक संदेश दिने खालको रहेको बताउनुभयो अनि अध्यक्ष प्रति धन्यवाद व्यक्त गर्नु भयो । सस्थाका सचीव तथा कार्यक्रम संयोजक गौरब रेग्मी को संचालन मा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like