विश्व मुटु दिवस : पहिलो पाइला नेपालद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। सामाजिक क्षेत्रमा देखिने स-साना लगायत ठुलो समस्या, बिभिन्न कसिमको शोषण, दमन अत्याचार, अन्याय बिरुद्ध उत्तरजसकोदायी र जिम्मेवार भएको निरन्तर परिवर्तनको सोच बोकेर अघि बढेको संस्था पहिलो पाइला नेपाल सामाजसेवाको भावनाले ओतप्रोत भएका जागरुक युवाहरुलाई संगठित गरेर परिवर्तनको लागी लाग्नुपर्छ भन्ने प्रेरणादायी स्रोतको माध्यम बनेको संस्था पहिलो पाईला हो।

शाखा पहिलो पाइला नेपाल बुटवल शाखाले बुधवार विश्व मुटु दिवसको अबसरमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। बुटवलको हस्पिटल लाइन मा भएको कार्यक्रम मा धूम्रपान , मधयपानको सेवन आजै देखी छोडौ ।

मुटु रोग बाट बचौ , तनाव र चिन्तनको अन्त्य गरौं हासो खुसी लाई अङ्गालौ मुटु रोग बाट बचौ, हाम्रो प्रण स्वस्थ्य मुटु , लगायत का नारा सहित बुटवल शाखा ले जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सस्था का अध्यक्ष पारस मरासिनीकोले गर्नु भएको थियो भने प्रमुख अथिती सस्थाका सल्लाहकार ठाकुर गैरेले , स्वागत मन्तव्य सस्थाका सदस्य सन्तोष बन्जाडेले राख्नु भएको थियोे भने कार्यक्रमको संचालन सहसचिव रमेश पछाइले गर्नु भएको थियो।

 
 
  
 

You may also like