नेकपा (एस) बाट यी ६ जना बन्दै मन्त्री

by समतल अनलाइन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए । मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिस भएको स्रोतले जानकारी दिएको छ ।

सरकार गठन भएको दुई महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए । लामो समय सरकारलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

 

 
 
  
 

You may also like