वातावरण पत्रकारिता पुरस्कार शर्मालाई

by समतल अनलाइन

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार टिआर शर्मा पुरस्कृत भएका छन । अग्रज पत्रकार नारायण सापकोटाद्धारा स्थापना गरिएको पुरस्कार मुख्यमन्त्री कुल प्रसाद केसी र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र संस्थापक सापकोटाले प्रदान गरेका हुन ।

२५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कारबाट सम्मान गरिएको हो ।
शर्मा करिव २ दशकदेखि रुपन्देहीको पत्रकारितामा क्रियाशिल छन । उनी अनलाईनखबर र राज्य टेलिभिजनमा आबद्ध छन । प्रत्येक वर्ष वातावरण दिवसका दिन वितरण गरिने यो पुरस्कार कोभिडका लागि अहिले वितरण गरिएको हो ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा लेखक युवराज कंडेल, डिभिजन वनका वन अधिकृत राजन खड्का सदस्य रहेको समिति गठन गरिएको थियो ।

 
 
  
 

You may also like