हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु, कयौं बिरामी

by समतल अनलाइन

काठमाडौं। नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३ सय २९ जनाको मृत्यु भएको छ ।

नाइजेरियाका एक स्वास्थ्य अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ३ सय २९ जनाको मृत्यु भएको हो । कानो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यको कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको छ । हैजाले अरु कैयौं विरामी परेका छन् ।

नाइजेरियाका स्थानीय निकायहरुमा ११ हजार १ सय १५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएको पाइएको छ । अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका छन् । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी बढाइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एजेन्सी

 
 
  
 

You may also like