एमाले बुटवल उपमहानगर कमिटीले विकास निर्माणको निगरानी गर्ने

by समतल अनलाइन

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सरकारले अगाडि सारेका केन्द्रदेखि स्थानीय तहसम्मका €विकास निर्माण लगायतका योजनाहरु कार्यान्वजयनका लागि निगरानीगर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीका अनुसार यसका लागि हरबखत चनाखो हुने र विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी काम गरिने छ ।

त्यस्तै एमाले नेतृत्वको सरकारले आरम्भ गरेका रुपान्तरणकारी परियोजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्ध सुद्धृढीकरणका कामलाई निरन्तरता दिन दिवाव दिइने छ ।

त्यस्तै एमालेले भही भदौ २० गतेभित्र शाखा तथा वडा कमिटीहरु र सबै जनसंगठनहरुको भेला तथा बिस्तारित बैठकहरु सम्पन्न गरिसक्नुपर्ने, आगामी असोज १२ गतेसम्म वडाभित्र रहेका टोल विकास संस्थाका आधारमा टोल भेला आयोजना गरी टोल कमिटी निर्माण गरिने अध्यक्ष पन्थीले बताउनुभयो । त्यस्तै विभिन्न कारणले सदस्यता नवीकरण गर्न छुटेकाहरुको नवीकरण गर्ने, नयाँ सदस्यता वितरणमा तीव्रता दिने, सामुदायिक संघसंस्था र सबै समुदायमा पार्टी निर्माण र बिस्तार गर्ने योजना एमालेले बनाएको छ । सम्बन्धित जनसंगठनहरुको नगर, वडा तथा शाखास्तरका सम्मेलनहरु असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने एमाले बुटवल उपमहानगर कमिटीले निर्णय गरेको छ ।

साथै एमालेले पार्टी सुद्धृढीकरण अभियानका लागि विभिन्न नेताहरुलाई आवश्यक समन्वय र नेतृत्वका लागि सहयोग गर्न अनुरोध गरेको छ । बुटवल वडा नम्बर ४ मा हरि कार्की, ५ मा कृष्ण पोखरेल र बुटवल–६ मा बाबुराम भट्टराईलाई आवश्यक समन्वय र निर्देशनका लागि अनुरोध गरिएको नगर अध्यक्ष पन्थीले जानकारी दिए ।

 
 
  
 

You may also like