अफगानी रास्ट्रपति देश छोडेर भागे

by समतल अनलाइन

काठमाडौ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवान लडाकुको धम्कीका कारण राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले उल्लेख गरेको छ । त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने जनाइएको छ ।

रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । घानीका निकट सहयोगीहरुले देश छाडेका छन् ।
आज (आइतबार) दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पेको बताएका थिए ।

 
 
  
 

You may also like