उपकार युवा क्लवद्वारा क्यान्सर पिडित सारुलाई आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल। गुल्मीको रुरुक्षेत्र गाँउपालिका – ५ ताँगबास निवासी क्यान्सर पिडित हिमकला सारुलाई आर्थिक सहयोग गरिएको छ।

गुल्मीको रुरुक्षेत्र गाँउपालिका -५ बम्घामा रहेको उपकार युवा क्लबले पहिलो चरणमा उठेको चौसठ्ठी हजार १ सय ६५ रकम पिडितको परिवारलाई सहयोग गरिएको क्लवका अध्यक्ष बिक्रम भण्डारीले जानकारी दिए।

क्यान्सर रोगबाट  पिडित उपचारको सारुलाई  आर्थिक सहयोग जुटाउनको लागि  उपकार युवा क्लवले देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरेको हो।  ४८ बर्षीय सारु विगत एक बर्ष देखि पाठेघरको क्यान्सरबाट पिडित रहेकी छिन।क्यान्सर पिडित सारुको अहिले काठमाडौमा उपचार भैरहेको जनाइएको छ। अस्पतालको उपचारमा लाग्ने खर्च थेग्न नसकेपछि क्यान्सरबाट पिडित हिमकला सारुको परिवारले सहयोगको लागि अपिल गरेको हो पीडित सारुका श्रीमान वैदेशिक रोजगारीका क्रममा भारतमा छन् ।

तीन छोरी र एक छोरा भएका सारुको घरको आर्थिक अवस्था झन कमजोर बन्दै गएको छ। उपकार युवा क्लवले विगतका दिनाहरुमा विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको क्लवका सचिव डिलाराज भण्डारीले बताए ।

 

 
 
  
 

You may also like