आईसिएफसीको शाखा बिस्तार जारी

by समतल अनलाइन

बुटवल।तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आईसिएफसी फाईनान्स लिमिटेडको २० अौ शाखा उद्घाटन भएको छ।
आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार अौपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन। कर्मसियल र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको उनले बताए । पोखरामा शाखा सेवा बिस्तारसंगै रुपन्देहीमा तेस्रो शाखा भएको उनले बताए। अब हामी पुर्वतर्फ सेवा बिस्तारको अभियानमा छौ। उनले भने। तिलोत्तमा नगर बुटवल र सिद्धार्थनगरबिचमा रहेको नमुना नगरपालिका जोड्ने रुपमा रहेको बताए। फाईनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको छ। स्थानिय विकासमा नै लगानी गराउने योजना छ । डेढ लाख बढी सेवाग्राहिहरु छन। देशभर २ सय बढी कर्मचारी रहेका छन। कोभिडकै कारण सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्दा बैकिङ क्षेत्रमा पनि उनले बताए।
फाईनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने उनले दाबी गरे। सेकेण्डरी मार्केटमा समेत राम्रो भ्यालु रहेको उनले बताए।
फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिईरहेको बताए। बैक तथा वित्तिय सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रका जनतामाझ पुग्ने गरि योजना बनाईएको बताए। ड्राईभरटोल शाखामा ८ जना कर्मचारीले सेवा दिन्छन । नेपाल राष्ट्र बैकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।

 
 
  
 

You may also like