घरमा कोहि नभएको मौका छोपी गुल्मीमा ल्यापटप र टिभी चोरी

by समतल अनलाइन

गुल्मी। गुल्मीमा गएराती घरमा मान्छे नभएको मौका पारी ल्यापटप र टिभि चोरी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ बर्बोट निवासी लक्ष्मी प्रसाद खनालको घरबाट ल्यापटप र एल इ डि टिभि चोरी भएको इलाका प्रहरी कार्यलय पुर्कोटका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानाकारी दिए ।

स्थानीय झुपा सामातले छिमेकी खनालको घरको ढोका खुल्ला भएको देखेपछी बस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारलाइ खबर गरेपछी बस्तु प्रहरीको टोलि उक्त स्थानमा पुगेको थियो । चोरी घटनाको आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय पुर्कोटका प्रहरी निरीक्षक गोपाल रामयझीको टोलि आएको थियो।

लकडाउनमा बिद्यालयको पठनपाठन बन्द भएको समयमा आफु बुटवल गएको र त्यसबेला घरमा कुनै मान्छे नभएको मौका पारी सामान चोरी गरेको लक्ष्मी प्रसाद खनालले जानाकारी दिए । घरमा चोरी भएको खबर पाएपछी बुटवलबाट धुर्कोट फर्किसकेको खनालले जनाकारी दिए ।खनालको घर धुर्कोट गाउँपालिकाको केन्द्र नजिकै रहेको छ । चोरी घटनाको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like