नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन

by समतल अनलाइन

अमेरिकामा गरिएको एक अध्ययनमा नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्छन् ।
एक हजारभन्दा बढी मानिसको विश्लेषण गरेपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो । ती मानिसको उमेर र वैवाहिक स्थितिलाई पनि विचार गरिएको थ

अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयकी डक्टरेटकी विद्यार्थी लउरा वालेसले धार्मिक लगावको दीर्घायुसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइन् । धार्मिक प्रवृत्तिले जीवनकालमा केही वर्षको वृद्धि हुने उनी दाबी गर्छिन् ।

अध्ययन निष्कर्ष सोसल साइकोलोजिकल एन्ड पर्सनालिटी साइन्स पत्रिकामा प्रकाशित भएको छ । धार्मिक प्रवृत्तिका मानिस सामाजिक संगठनमा जोडिने गरेका र सामाजिक कार्य गर्ने हुनाले उनीहरू खुशी हुने र त्यसैले गर्दा दीर्घायु हुने गरेको तथ्यलाई पनि अध्ययनले समेटेको छ ।एजेन्सी

 
 
  
 

You may also like