भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० जनाको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् ।

बुधबार दिउँसो पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ । पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ । पहिरोमा पुरिएक सवारी साधनहरु हरिद्धार जाँदै थिए । एजेन्सी

 

 
 
  
 

You may also like