जीवनोपयोगी टिप्स स् ुदेखासिकीमा होइन आत्मविश्वासमा अघि बढ्नुहोस्ु

हामीले नचाहेसम्म आफूले आफैंमा कमजोरीहरू देखाउने प्रक्रिया यथावत नै रहनेछ र यी कमजोरीहरू अरूसँग तुलना गर्दा मात्र बाहिर आउँछन् । यदि तपाईं प्रतिस्पर्धा गर्न नै चाहानु हुन्छ भने आफैं गर्नुहोस् ।

मनमा लागेको गर्नुहोस्

कसैको जीवन, प्रसिद्धि, सीप इत्यादिसँग आफूलाई तुलना गर्नुको सट्टा आफूलाई आफैसँग तुलना गर्नुहोस् र हेर्नुहोस् तपाईं आफूले आफैंलाई कहाँ पुर्याउन चाहानुहुन्छ । जब हामीले अरूसँग आफूलाई तुलना गर्छौं भने अन्त्यमा सबै नकारात्मक उर्जा र भावनाहरूले हामीलाई भर्दछ । जसले हाम्रो जीवनलाई पनि असर गर्न थाल्छ । यस्तो अवस्थामा, पहिले तपाईं जीवनमा आफू कस्तो बन्न चाहानु हुन्छ सोच्नुहोस् र आफैंलाई त्यस्तै बनाउन प्रयास गर्नुहोस् ।

सुधारको मापदण्ड स्वयं तय गर्नुहोस्

एक गृहिणीले एकैचोटि धेरै काम गर्न सक्दछन्, घर र वित्त व्यवस्थापनमा राम्रो हुन्छन्, कार्यरत महिलामा यो योग्यता आवश्यक हुनुपर्छ भन्ने छैन । तपाईं कति योग्य हुनुहुन्छ त्यस मापन र निर्णय तपाईं आफैं गर्नुहोस् । यसका लागि कसैसँग तुलना गर्नु आवश्यक छैन ।

प्रेरणा लिएर आफूलाई सुधार गर्नुहोस्

आफूलाई निरन्तर राम्रो बनाउने प्रयासले हामीमा आत्मविश्वास मात्र ल्याउँदैन, अरूको प्रतिस्पर्धाबाट पनि टाढा राख्छ । यदि कसैले राम्रो काम गरिरहेको छ, वा कसैले ठूलो सफलता हासिल गरेको छ भने उसलाई देखेर प्रेरित हुनु आवश्यक छ । तर ऊ जस्तो हुन कोशिस गर्नुको कुनै औचित्य हुदैन किनभने कुनै दुई व्यक्तिको जीवन एकै खालको हुदैन । त्यसैले प्रेरणा लिनुहोस् र सोही अनुसार आफूलाई सुधार गर्नुहोस् ।

 
 
  
 

You may also like