चम्किपुरमा दशै बिशेष साँस्कृतिक साझ-२०७६

by समतल अनलाइन

जीवन परियार,
बुटवल । बुटवल-१५, चम्किपुर स्थित नवरात्र महोत्सव समितिले बडा दशैंको अवसर पारेर साँस्कृतिक साझ-२०७६ आयोजना गर्ने भएको छ।

विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थितिमा यहि असोज १९ गते आईतवार कार्यक्रम गर्ने भएको हो।धर्म,सँस्कृति अनि रितिरिवाज जगेर्ना गर्नका निमित्त कार्यक्रम आयोजना गर्न लागेको नवरात्र महोत्सव समितिका अध्यक्ष शिव रानाले बताए।लोक गायक प्रचण्ड जि.सि,रितु थापा स्थानीय कलाकार सोम बुढाथोकी,रियाज हरि थापा र स्थानीय कलाकारहरु सँगै सत्यसाई कला केन्द्र का कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक वीर बहादुर थापाले जानकारी गराए।

बुटवल १५ चम्किपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा आईतवार साझ ६ बजेबाट कार्यक्रम सुरु हुने संयोजक थापाले जानकारी दिए।

 
 
  
 

You may also like