दशै मेला: भलिवल प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

जीवन परियार
सैनामैना।सैनामैना स्थित नमुना युथ क्लबद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ।दशै मेलाको अवसर पारेर आयोजना गरिएको खेलमा मुर्गिया`ए´ले प्रथम उपाधि हासिल पारेको छ भने क्रमश: दृितिय मुर्गिया`बि´ तृतिय आयोजक टिम नमुना युथ क्लब सैनामैना रहेको छ।भने सगरमाथा युथ क्लब शंकरपुर सान्त्वना स्थानमै चित्त बुझाएको छ।

\मुर्गिया`ए´ र मुर्गिया`बि´ बिच प्रथम स्थानका लागि भएको खेलमा पाँच सेट मध्य तीन सेटमा जित हासिल गरि मुर्गिया`ए´ प्रथम स्थान ओगट्न सफल भएको हो।टिमका लागि कप्तान सागर सिंहले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका हुन्।

आफ्नो खातामा एक सेट मात्र हात पार्दै मुर्गिया`बि´ दृितिय स्थानमा रहन सफल भयो।प्रथम हुने टिमलाई नगद रु.पन्ध्र हजार पाँच सय पच्पन्न,दित्तिय हुनेलाई दस हजार पाँच सय पच्पन्न तृतीय पाँच हजार पाँच सय पच्पन्न र सान्त्वना प्राप्त गर्ने टिमलाई नगद रु.तीन हजार पाँच सय पच्पन्न साथै अन्य थुप्रै मायाको चिनोहरु सहित मेला समापन कार्यक्रममा सम्मान गरिने क्लबका अध्यक्ष महेश अधिकारीले जानकारी गराए। सुमन पौडेलको उद्घोषण र सुमन भुर्तेलको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो।

 
 
  
 

You may also like