अर्घाखाँची नरपानीमा जीप दुर्घटना,३ जनाको मृत्यु,५ जना घाईते

by समतल अनलाइन

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते छन् ।

कृष्णनगरबाट सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमै ३ जनाको मृत्यु भएको हो ।
जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
घाईतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलिले उद्वार गरेका थिए , घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।

जीपमा सवार सबैजना दशैंका लागि घर फर्कदै थिए । जीपमा ८ जना सवार रहेका थिए ।

 
 
  
 

You may also like