69
काठमाडौँ ।भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार २८४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ७१ हजार ४८६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ४११ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५८५ पुगेको छ ।