भारतमा थप २९ जना कोरोना संक्रमित , ३७२ जनाको मृत्यु

५ श्रावण २०७८, मंगलवार

काठमाडौँ। भारतमा थप २९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ४२४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ७३ हजार १९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १२ हजार ३७५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ३७२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया