नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ रुपन्देहीको शुभकामना आदान प्रदान सम्पन्न

by समतल अनलाइन

बुटवल । नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ रुपन्देहीले आज (बुधबार) दसै सुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघको कार्यालय बुटवल कालिकानगरमा भएको सुभकामना आदान प्रदान कार्यकममा बोल्ने वक्ताहरुले दसैं तिहार छठ जस्ता पर्वलाइ भडकीलो नबनाइ समाजमा आपसी सदभाव तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै काउनका केन्द्रिय अध्यक्ष जेवि गुरुङले पछिल्लो समय चार्डपर्वहरु भडकीलो बन्दै जाँदा त्यसले श्रमीक तथा मजदुर बर्गलाइ समस्यामा पारेको बताए । स्वस्थ र सभ्य तरीकाले चार्डपर्वहरु मनाउनु पर्नेमा जोड दिदै गुरुङले श्रमीक बर्गको उत्थान र हक अधिकारका पक्षमा काउनले सदैब आवाज उठाउने बताए ।

कार्यक्रममा काउनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी,ट्रेड युनियन काँग्रेस प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेलबासे,काउनका जिल्ला अध्यक्ष बिर बहादुर लामा,ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष सुर्य देवदास,प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसाल, हिरा थापा,बेचुभवानी चौधरी, देवबहादुर थापा, नरसिंह राव लगायतले बोल्दै दसैं, तिहार छठ जस्ता चार्डपर्वको साँस्कृति महत्वलाइ जोगाउदै पर्बहरुलाइ सभ्य रुपमा मनाउनु पर्नेमा जोड दिए ।

 
 
  
 

You may also like