संसद सचिवालयको वेबसाइटबाट हटाइयो महराको नाम

by समतल अनलाइन

काठमाडौं । बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम हटाइएको हो ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महरालाई बलात्कारको आरोप लगाएपछि उनले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा आएको संसद सचिवालयले बुधबार सूचना टाँस गरी जानकारी दिएको छ ।

महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको हो । त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि महराले मंगलबार (हिजो) पदबाट राजीनामा दिएका थिए ।

 
 
  
 

You may also like