वडा कार्यालय भवनको उद्घाटन मै तालाबन्दी, अपाङ्गता मैत्री हुन सकेन

by समतल अनलाइन

ललित पाण्डेय
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ को वडा कार्यालय भवनको उद्घाटन हुने वितिक्कै नेपाली कांग्रेसले बुधबार तालाबन्दी गरेको छ । भवन अपाङ्गमैत्री हुन नसकेको र उद्घाटन कार्यक्रम एकलौटि रुपमा गरेको कांग्रेसले आरोप लगाउँदै भवनमा तालाबन्दी गरको हो ।
नेपाली कांग्रेस सैनामैना वडा नं. ७ का सभापति नारायण खनालले वडा भवनको उद्घाटनमा एकलौंटी रुपमा नेकपाका नेतालाई प्राथमिकता दिएर कार्यक्रमको आयोजना गरेको र अपाङ्गमैत्री भवन हुन नसकेको बताउँनुभयो ।

कांग्रेसलाई कार्यक्रममा अपान भएको र विरोध स्वरुप तालाबन्दी गरेको र विरोधका कार्यक्रम सञ्चालन गरिने उँहाले बताउँनुभयो । राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेकपाका नेतालाई मात्र बोल्न दिएको र अरुलाई बाहेक गरेको कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसका नगरसभापति रामप्रसाद अधिकारीले बोल्ने कार्यक्रम थियो वडा सभापनि खनालले भन्नुभयो तर कार्यक्रममा उँहालाई बोल्न दिएनन् एकलौंटी रुपमा कार्यक्रमको आयोजना गरियो ।

कांग्रेसले कार्यक्रम सकिए लगत्तै कार्यालयको मुख्य गेटमा तालबन्दी गरेको छ । पञ्चे बाजा सहित कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति भट्टराई सहित प्रदेश सभाका सदस्य तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, सैनामैना नगर प्रमुख चित्र बहादुर केसी, योजना शाखाका प्रमुख सुरज न्यौपाने बोल्नु भएको थियो ।

भवनको तल्लो तला अपाङ्ग मैत्री भएपनि माथिल्लो तलामा वडा अध्यक्षको कक्ष रहेको छ ।

यसले गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई सेवा लिनका लागि असहज हुने सरोकारवालाहरुले बताएका छन । भवन १ करोड ६ लाख ४५ हजार लागतमा सम्पन्न भएको सैनामैना नगरका योजना शाखाका प्रमुख सुरज न्यौंपानले जानकारी दिनु भएको छ ।
भवनको तल्लो तला अपाङ्ग मैत्री भएको उँहाले बताउँनुभयो । जय देउराली निर्माण सेवा कम्पन्नीले गत वर्षको कात्तिक महिनामा १ वर्ष भित्र काम सम्पन्न हुने गरि ठेक्का सम्झौंता गरेको थियो । कम्पन्नीले १० महिनामा नै निर्माण कार्यसम्पन्न गरेको हो । यता वडा नं. ७ का वडा अध्यक्ष डिलाराम बेलवासले कार्यक्रममा कसैलाई भेदभाव नगरिएको प्रतिक्रिया दिनु भएको छ । कार्यक्रम सेडुलमा बोल्ने बक्ताहरुको नाम धेरै नराखिएको र कार्यक्रम छोटो बनाईएको बताउँनुभयो ।

 
 
  
 

You may also like