अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा शान्ति समाज रुपन्देहीद्वारा वृद्धाश्रममा आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आर्थिक सहयोग गरेको छ ।

समाजले बुटवल २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैजु वृद्धाश्रममा ( पाकापुस्ता) मा १३,००० आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले जेष्ठ नागरिकलाइ सम्मानको संस्कृती बिकास गर्नका लागि समाजको जिल्ला शाखा रुपन्देहीले थालेको अभियान उदाहरणीय भएको बताउनुभयो ।

खनालले पाकापुस्ताको सही रुपले सम्मान गरेर खुसी र सुखी राख्नुपर्ने सबै सन्तानको कर्तब्य भएको बताउनुभयो । कार्यक्रमका अवसरमा शान्ति समाजका रुपन्देहीबाट निर्बाचित केन्द्रिय पदाधिकारी,सदस्य तथा जिल्लाशाखाका पदाधिकारी, सदस्यहरुले खाजा खर्च कटाएर नगद संकलन गरेर हस्तान्तरण गरेको जिल्ला सभापति डीपी खनालले बताउनुभयो ।

बुटवल २ पारि बुटवलको बृद्धाआश्रममा आयोजित कार्यक्रमको संचालन सहसचिब कपिल ज्ञवालीले गर्नुभएको थियो ।सो वृद्धाश्रममा ९ जना बृद्धबृद्धा आश्रित रहेको ब्यबस्थापक कृष्ण रेश्मीले जानकारी दिए ।

 
 
  
 

You may also like