सभामुख महरा प्रकरण : आखिर किन मानिनन् पीडित महिलाले मेडिकल जाँच गराउन ?

by समतल अनलाइन

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गत आइतबार राति सभामुख कृष्णबहादुर महराले तिनकुने स्थित एक महिला कर्मचारीको डेरामा गएर यौन दुर्व्यवहार गरेको आरोप पिडीत महिलाले लगाएकी थिइन् ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले लगाएको आरोपबारे अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० उत्तमराज सुवेदीले जानकारी दिए ।

यद्यपी, पिडीत भनिएकी महिलाले भने अझैसम्म प्रहरी कार्यालयमा लिखित जाहेरी दिएकी छैनन् ।

पीडित महिलाले मेडिकल जाँच गर्न भने नमानेको प्रहरीले जानकारी दिएको छ । डिएसपी दुर्गा रेग्मीको टोलीले महिलालाई मेडिकल जाँच गर्न हस्पिटल जान गरेको आग्रह उनले नामानेकी हुन् ।

महिलासँग जानकारी तथा घटनास्थलको तस्बिर लिएर डिएसपी दुर्गा रेग्मीको टोली उक्त महिलाको डेराबाट फर्किएको छ ।

 
 
  
 

You may also like