भारतमा थप ३७ हजार संक्रमित, ९०७ संक्रमितको मृत्यु

काठमाडौँ। भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २२औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १५ हजार ९१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।

 
 
  
 

You may also like