थप ३,००७ जनाले जिते कोरोना, १,९२० नयाँ थपिए, ३४ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ३,००७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,००० जनामा गरिएको पीसीआर परीक्षणमा १,३५३ र ३,८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १,९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like