बेलायतमा फेरि बढ्दै संक्रमण, संक्रमितमध्ये ९० प्रतिशतमा खतरनाक डेल्टा भेरियन्ट

काठमाडौं । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २७० जनामा सङ्क्रमण भएको पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको संख्या भन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।

सङ्क्रमणको संख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत खतरनाक डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोनाविरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ । एजेन्सी

 

 
 
  
 

You may also like