दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको मृत्यु

by समतल अनलाइन

एजेन्सी
सोमबार बिहान दुबईको सेख मोहम्मद बिन जायद रोडमा १४ सिटे मिनिबसले लरीलाई ठक्कर दिँदा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको त्यहाँको संचारमाध्यम खलीज टाइम्स ले जनाएको छ। उक्त घटना सोमबार बिहान ४:५४ बजे भएको हो।

दुबई प्रहरीका अनुसार मृत्यु हुनेमा ६ जना नेपाली, एक जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन्।

‘बस ड्राइभर र ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ भने ४ जनाको अवस्था खतरामुक्त छ’, दुबई प्रहरी भन्छ ‘मृत्यु हुनेमा ६ जना नेपाली रहेका छन् भने एक जना भारतीय र एक जना पाकिस्तानी रहेका छन्।’

घाइतेहरूलाई उपचारका लागि रसिद अस्पताल लगिएको छ।

 
 
  
 

You may also like