काठमान्डौं पछि प्रदेश ५ विनाशकारी भूकम्पको उच्च जोखिममा छ : डा. गौतम

by समतल अनलाइन

काठमान्डौं पछि प्रदेश नं ५ भूकम्पीय उच्च जोखिममा रहेको एक भूगर्भ बिज्ञले औंल्याएका छन । भूगर्भ बिज्ञको रुपमा काम गर्दै आउँनु भएका डा. दिपक गौतमले भूकम्पीय जोखिमका हिसाबले प्रदेश नं ५ काठमाण्डौ पछि दोस्रो नम्बरमा रहेको बताउँनुभयो । काठमाण्डौ माटोको कारणले र प्रदेश नं ५ भौगर्भिक दरारका कारणले भूकम्पको उच्च जोखिममा रहेको उँहाको बिष्लेषण छ । उँहाले भन्नुभयो विनाशकारी भूकम्पको पुनाराबृत्तिको समयको अध्ययन हामीले गछौं ।

विनाशकारी भूकम्पलाई हेर्ने हो भने १९९० सालको भूकम्प पुर्वमा गयो, २०७२ मा गोरखा केन्द्र बिन्दु बनाएर गयो , यो भन्दा पहिले १२५५ मा पश्चिम क्षेत्रमा भूकम्प गएको हुन सक्ने हाम्रो अध्ययनले देखाएको थियो ।
नारायणी नदिबाट पश्चिम क्षेत्रमा करिब ५०० वर्ष यता ठुलो भुकम्प गएको छैन उँहाले भन्नुभयो यसले गर्दा जनिम मुनी शक्ति संचित भएको छ । जमिनमा १० मिटर माथि उठ्न सक्छ ।

विनाशकारी भूकम्पको जोखिम रहेको छ । चलायमान भौगर्भिक सक्रिय दरार नेपालमा उच्च हिमालको अग्रभागमा रहेकोले पूर्व देखि पश्चिम सम्म भुकम्प जाने गरेको उँहाले बताउँनुभयो । उँहाका अनुसार पूर्व,मध्ये र पश्चिम नेपालमा भूकम्पका केन्द्रबिन्दु केन्द्रीकृत छन् ।

हिमालयको सबै भन्दा सक्रिय दरार प्रदेश नं ५ अन्तर्गतका चुरे पहाडको अग्रभागमा रहेकाले प्रदेश नं ५ भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको उनको भनाई छ । भौगर्भिक अध्ययन बिना सडक खनिएका कारण बुटवल–पाल्पा सडक खण्डका बिभिन्न भागमा पहिरो खसिरहने गरेको उँहाले बताउँनुभयो ।

हालै रुपन्देहीको तिलोत्तमामा आयोजित बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नीति र रणनीतिक कार्ययोजना तर्जुमा सम्बन्धी कार्यक्रममा भेटिएका उँहाले पत्रकारसँग संक्षिप्त कुराकानीमा उक्त कुरा बताउानु भएको हो । सो अवसरमा उनले नेपाल र प्रदेश नं ५ मा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन बारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like