भारतमा एकै दिनमा ८० लाखलाई कोरोना खोप

नयाँदिल्ली। भारतमा एकै दिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै देशमा एकै दिन यतिधेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो (सोमबार) ८० लाखलाई खोप लगाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गरे । सामाजिक सञ्जालमा ट्वीट् गर्दै उनले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिएका छन् । भारतले हरेक १८ बर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।

यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । यसबीच खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको प्रशंसा गरेको छ । एजेन्सी

 

 
 
  
 

You may also like