सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।

सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सहकारी ठगी प्रकणमा छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो । कांग्रेसले यसबारे आज आधिकारिक निर्णय गर्दैछ । कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।

 
 
  
 

You may also like