महन्थ ठाकुरले निर्वाचन आयोगमा ‘फर्जी’ कागजात पेश गरेको उपेन्द्र पक्षको आरोप

काठमाडौं,जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले कीर्ते जालसाजी गरी निर्वाचनमा आयोगमा ‘फर्जी’ पत्र दर्ता गरेको आरोप लगाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युटसहितको पत्र दर्ता गराएका थिए ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज (शनिवार) प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ– निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो ।

जसपाको पुस ७ गतको वैठकले गरेका निर्णय अध्यक्षद्धय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्धारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त वैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ । जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।

 
 
  
 

You may also like