जबरजस्ती विवाह गरी कसैलाई मुसलमान बनाउनु गैर इस्लामी भएको ईमरान खानको भनाई

इस्लामाबाद एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय अल्पसंख्यक दिवसका अवसरमा आयोजित एक समारोहलाई संवोधन गदै जबरजस्ती विवाह गरी कसैलाई मुसलमान बनाउनु गैर इस्लामी भएको बताए ।

कसैलाई इस्लाममा ल्याउने शक्ति अल्लाहले पैगम्बरलाई समेत नदिएको इमरानले बताए ।पैगम्बरको काम सन्देश दिनु मात्र हो र आस्था त अल्लाहको कृपा हो । यो शक्ती पैगम्बरलाई त अल्लाहले दिएको छैन भने हामी को हौं रु– उनले प्रश्न तेस्र्याए । पाकिस्तानमा अल्पसंख्यक हिन्दु महिलाको अपहरण गर्दै जबरजस्ती विवाह गरी इस्लाममा परिवर्तन गराइरहेको घटनाहरु बाहिर आइरहेको प्रसंगमा खानको उक्त टिप्पणी आएको हो ।

 
 
  
 

You may also like