पत्रकार अधिकारी कोभिड हिरो अवार्ड २०२१ बाट सम्मानित

कपिलवस्तु ।रेडियो मायादेवीका कार्यकारी निर्देशक तथा पत्रकार थानेश्वर अधिकारी कोभिड १९ हिरो अवार्ड २०२१ बाट सम्मानित भएका छन् । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

अधिकारी लाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तराष्टिय संस्थाले सहयोग गरेको हो । कोभिड १९ महामारीका बेला हामी ग्लोवल नेपाली लगायत बिभिन्न संघ संस्थाले गरेका गतिबिधि, राहत तथा सहयोगको निरन्तर रुपमा समाचार सम्प्रेषण गर्नुका साथै सन्देशमुलक भिडियो, स्थानिय तहले कोभिड प्रतिकार्यका लागी गरेका काम र सो को प्रभावकारिता बारेमा कपिलवस्तुका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सँग भर्चुअल सम्बाद कार्यक्रम संचालन गरेका थिए ।

लक्ष्मणघाट सामाजिक विकास केन्द्र र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा बाणगंगा नगरपालिका वडा नं ५ र ६ मा रहेका कोरोना सक्रमितहरुलाई पोषण सामाग्री तथा स्वास्थ्य सामाग्री सहयोग लगायतका सामाजिक कार्यमा उनी सक्रिय हुदै आएका थिए ।

सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत अधिकारी जन्मघर कास्की पोखरा भएता पनी कर्मघर कपिलवस्तु बनाउँदै आएका छन् । करिव २ दर्जन सस्थामा आवद्ध उनी यो सम्मानले आफुलाई अझ जिम्मेवारी बोध गराउदै सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिलेको बताउँछन् ।

 
 
  
 

You may also like