आफ्नो ‘पुत्ला दहन’ हुँदै गर्दा उपप्रधानमन्त्री महतोले फेरि दोहोर्‍याए बहुल राज्यको कुरा

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनुपर्ने अभिव्यक्ति फेरि दोहोर्‍याएका छन् ।
शनिबार नव नियुक्त मन्त्रीहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भएकोले बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका हुन् ।

मन्त्री नियुक्त भएपछि पदभार सम्हाले क्रममा पनि उनले बहुल राज्यको लागि आफूहरुको मुक्ति अभियान जारी रहेको बताएका थिए । उनको यो अभिव्यक्तिको विरोध भइरहेको छ । हिजो मन्त्रीको सपथपछि दिएको अभिव्यक्ति देश विखण्डन गर्ने खालको भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले आज (शनिबार) राजधानीमा मन्त्री महतोको पुत्ला दहन गरिरहेका बेला उनले भने हिजोकै अभिव्यक्ति फेरि दोहो¥याएका छन् ।

उनले आजको कार्यक्रममा भनेका छन्, ‘नेपाल विविधताले भरिएको देश हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो। त्यसो हुनाले यहाँको नियम कानुन संविधान त्यही अनुसार हुनुपर्छ ।’ उनले थप भने, ‘विविधताले भरिएको देश एकल हुन सक्दैन । यो नभएसम्म देशमा सबैले त्यसका लागि संघर्ष गरिरहन्छन् ।’

नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो पुत्ला जलाउने नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुका नेताहरुमाथि प्रहरीले दमन गरेको छ । उपप्रधानमन्त्री पुत्ला जलाउने क्रममा प्रहरीले अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली घाइते भएका छन् । पुत्ला जलाउने क्रममा प्रहरीले अध्यक्ष पराजुली सहित महासचिव आरती लामा लगायत एक दर्जन नेताहरुलाई काठमाडौंको नयाँ वानेश्वरबाट पक्राउ गरिएको छ । उनीहरुलाई प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

यसैगरी प्रहरीले अनेरास्ववियुका केन्द्रीय सचिव तथा रत्न राज्य क्याम्पसका सभापति टेपेन्द्रजंग शाही सचिवहरु, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, नेताहरु अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढा लगायत पक्राउ गरेका छन् । उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेकोले उनीहरुलाई सहभागी गराउनु पर्ने बताए । एकल जातीय प्रभाव परेका ठाउँलाई वहुलतामा लैजानु पर्ने उनको धारणा थियो ।

महतोको भनाईप्रति एमाले नेता वामदेव गौतमले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनु आपतिजनक र देश विखण्डन गर्ने आशयको भएको बताएका छन् । यस्तै नेकपा एमालेका नेता योगेश भट्टराई र गोकर्ण विष्टले पनि पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भइइसकेको बहुर्राष्ट्रिय राज्यको बहस उपप्रधानमन्त्रीले पुनः उठाउनु राम्रो संकेत नभएको बताएका छन् ।

 
 
  
 

You may also like