बुटवलमा सस्तो दशैबजार लाग्दै

११ आश्विन २०७६, शनिबार

बुटवल। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आईतबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुँदैछ । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली, छठ लगायतका पर्वहरुलाई लक्षित गरि संघले दशैं बजार गर्न लागेको हो ।
घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्रि राखिने छ । त्यस्तैगरी दशैं सस्तो बजारमा छपियाको माछा समेत सुलभ मुल्यमा बिक्रि वितरणको व्यबस्था मिलाईएको छ ।

संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन गरिने दशैंबजारमा दशैंकालागि नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।
दशैं सस्तो बजारको तयारी पुरा भएको बताउँदै उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको र यस पटक पनि दशैं बजार सञ्चालन गर्न लागिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

 

दशैं बजारमा आउने उपभोक्तालाई त्यहाबाट बिक्रि हुने सामानमा बिशेष छुट प्रदान गरिने संघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया