मौसमी गतिविधि सक्रिय, केही दिन मौसम सफा नहुने

by समतल अनलाइन

काठमाडाैं । मौसमी गतिविधि सक्रिय रहेको र अझै केही दिन मौसम सफा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ ।

भारतको उत्तर प्रदेशमा अर्को न्यून चापीय प्रणाली विकास भएकाले मौसम बदली भएको हो ।

अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्भावले मनसुनी गतिविधि सक्रिय भएको मौसमविदले बताएका छन् ।

 
 
  
 

You may also like