आम्दामा नयाँ वर्षको शुभकामना आदानप्रदान

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजानेपनि उहाँले बताउनुभयो ।

आम्दा नेपाल सिदार्थ बाल तथा महिला अस्पतालले आयोजना गरेको नयाँ बर्ष २०८१ को अवसरमा मंगलबार बुटवलमा आयोजना गरेको सञ्चारकर्मी बिच शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

पाण्डेले अस्पताल स्थापनाको २५ बर्षसम्म स्तरउन्नति हुन नसकेका कुराहरुलाई पिपिइ मोडेलको आधारमा अगाडी बढाईने बताउनुभयो । आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेले आम्दा अस्पताल नेपालमा पिपिइ मोडेलको पहिलो प्रारम्भिक मोडल भएको बताउदै शिक्षा र स्वास्थका बिषयलाई उपमहानगरले प्राथमिकता पारेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले २०८१ साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सुरुगर्ने गरि काम अगाडी बढाएको जानकारी दिनुभयो ।

पराजुलीले हाल अस्पतालले बहिरंग सेवा, अन्तरंग सेवा, इन्भेस्टिगेसन, २४ सै घण्टा आकस्मिक सेवा, बिशेष सेवा , खोप , परिवार नियोजन सेवा, स्वास्थ्य सचेतना सेवा लगायतका प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो । अस्पतालमा हाल प्रमाणपत्र तह नर्सिङ्ग,स्वास्थ्य चिकित्सा, डिप्लोमा इन फार्मेसी लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा रहेका छन् । डाक्टर पराजुलीले शैक्षिक कार्यक्रम र हाल १०० शैयामा रहेको अस्पतालको स्तरबृद्धि गरि ३०० शैयामा बिस्तार गर्ने, महिलाको पाठेघर क्यान्सर उपचार सेवा बिस्तार गर्ने लगायतका योजना अगाडि बढाईएको बताउनु भयो ।

शुभकामना दिदै उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष एवं आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका उपाध्यक्ष हरि प्रसाद अर्यालले हालसम्म संस्थाले आम्दा अस्पतालका हरेक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि संगै रहेर अस्पतालका आवश्यकता पुरा गर्दै जाने प्रतिवता व्यक्त गर्नु भयो ।

नेपाल पत्रकार महासंग रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले अस्पताललाई नागरिक मैत्री बनाउन सञ्चार माध्यमको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं अस्पताल स्थानीय व्यववस्थापन समितिका सदस्य पदमराज गाँहा, आम्दा अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री,मेट्रोन सुशीला बिश्वकर्मा लगायत अस्पतालका कर्मचारी एवं संचारकर्मीको सहभागितामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमको संचालन पत्रकार कल्पना तिवारीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like