रामेछापमा रोपाइँ सकेर आएका एकै घरका तीन किशोरी पहिरोमा पुरिए

रामेछाप । रामेछापमा पहिरोमा पुरिएर तीन किशोरीको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गए राति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका १७ वर्षकी सीता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको हो । स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घरभित्र पस्दा पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताए ।

 
 
  
 

You may also like