जुनतारा सहकारीद्धारा स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवालको प्रमुख आतिथ्यता, संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भन्डारी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार, सञ्चालक समिति सदस्य, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु लगायत सेयर सदस्यहरुको सहभागीता रहेको थियोे । संस्थाका कोषाध्यक्ष एवं रक्तदान कार्यक्रम संयोजक बाबुलाल खनालको स्वागत, उपाध्यक्ष खुमानन्द खनालको शुभकामना मन्तव्य, तथा सचीव बिष्णुबहादुर चुदालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like