थप ७,२१९ ले जिते कोरोना, ५,३१६ नयाँ थपिए, १०१ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार २१९ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ६१ हजार ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ५,३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ५२४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी १०१ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक लाख एक हजार नौ सय ९३ सक्रिय सङ्क्रमित छन् ।

 

 
 
  
 

You may also like