कोभिड १९  को कहर।।
मानबका लागि बन्यो जहर।।
कति थियो होला मनमा रहर।।
दुख कष्ट भयो सबै प्रहर।।
जेठ ७ नेपाली कांग्रेस को चुनाव, अधिबेशन।।
देउबा लाई अधिबेशन कर, वलीलाई चुनाव फेसन।।
शक्ति शत्ता यस्तै हो जुन तन्त्र आए नी ।।
रोग दुख हट्दैन जति मन्त्र गाए नी।।
दुई बर्ष हुन थाल्यो कोरना को लहर।।
छोडेको छैन कतै गाउँ,बेसी,शहर।।
गाडी मोटर गुड्न छाडे सरर।।
किस्ता तिर्न नसकी आँसु बरर।।
कोरना को नाममा भयो सारै राजनीति।।
मिलीजुली परष्त गर्नु छ यो साथी।।
ओली को बजेट,भोको छ पेट।।
किसान लाई बिऊ,खाद छैन कसरी जोत्ने खेत।।
आब ०७८/७९मा १०.९१% मात्र शिक्षा को बजेट।।
शिक्षामा कम किन बजेट गरौ यसमा खेद।।
शिक्षा, स्वास्थ्य खेल ब्यायाम आजको खाचो।।
जस्तो शासन आएनी जन्ता लाई माछा-माछा भ्युत्तो।।
युवा, बुद्धिजिबी, ईमान्दार सक्षम योग्य अबआउनु पर्छ।।
राष्ट्रियता, लोकतन्त्र र समाजबाद बाट देश अघि बढ्छ।।
अहिले सबै मिली कोरना बाट बाचौं र बचाऊ।।
लकडाउन,मास्क, साबुन पानी,स्यनिटाईजर र खोप को प्रयोग बाट कोरना हटाऊ।।
जसरी नी हटाऊ कोरना लाई यो साल।।
सुरक्षित भै घरमा बस्नु होला जय जय नेपाल।।।

गोबिन्द कुमार ओली- प्रजातान्त्रिक बिचार समाज दांग जिल्ला सदस्य

 
 
  
 

You may also like