कक्षा १० को एसईई आन्तरिक मूल्यांकनबाटै गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षमा झैँ आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

गत वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछ अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

अब मन्त्रिपरिषद् बैठकले सो प्रसताव पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गरिने छ ।

 
 
  
 

You may also like