भारतमा २४ घण्टामा कोरोनाबाट ३१२८ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार १२८ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ५२ हजार ७३४ संक्रमित भएका छन् ।

भारतमा दैनिक संक्रमणको संख्या पछिल्लो ५० दिनकै सबै भन्दा कम हो ।

योसँगै भारतमा अहिले कुल मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख २९ हजार १०० पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । अहिलेसम्म २ करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार संक्रमित भएका छन् भने २ लाख ३८ हजार संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ५६ लाख ९२ हजार ३४२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा २० लाख २६ हजार ९२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३४ करोड ४८ लाख ६६ हजार ८८३ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १६ लाख ८३ हजार १३५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २१ करोड ३१ लाख ५४ हजार १२९ जनाले कोरोनाको खोप लगाएका छन् ।

 
 
  
 

You may also like