औषधि व्यावसायिक संघ दाङ द्वारा स्वास्थ्य सामाग्री सहयोग

शिव राज खनाल
दाङ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल औषधि व्यावसायिक संघ दाङ साखाले स्वास्थ्य सम्बन्धि सामाग्री वितरण गरेको छ ।

औषधि व्यावसायिक संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेल उर्फ (बिपि पौडेल ) सहित कार्य समितिको टोलिले आज ४६ हजार बराबरको स्वास्थ्य सम्बन्धी सामग्रीहरु प्राथमिक स्वास्थ्य केन्द्र श्री गाउँ दाङ अस्थाई कोभिड अस्पतालका डा. कृष्ण घर्तीलाइ हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष पौडेलले यो महामारीका बेला कोभिड १९ को संक्रमणबाट बच्नु नै ठुलो कुरो भएको र अत्यावश्यक काममा घरबाहिर निस्कनै परे संक्रमण बाट बच्न अनिवार्य रुपमा स्वास्थ्य बिधि अपनाउन समेत सम्पुर्णमा अनुरोध गरे ।

संघले बिरामीहरुलाई अत्यावश्यक पर्ने ईन्जेक्सन,( dexamethasone, hydrocortisone,ceftriaxone, ), ट्यावलेट( vit c , zinc, azithromycin) लगायत विभिन्न प्रकारका औषधी, पि.पि.ई, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष बिष्णु प्रसाद पौडेल , महासचिव श्याम गिरि ,कोषाध्यक्ष गिरिराज न्यौपाने , सदस्य सुनिल रेग्मी लगायतको टोलिको सहभागिता रहेको थियो ।
साथै संघले आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी निरन्तर जनताको सुरक्षामा खटिएको भन्दै प्रहरी चौकी बागरका प्रमुख गणेश बहादुर एडि लाइ समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संघ ले बिगत १ महिना देखि दाङ जिल्ला मा रहेका विभिन्न आइसोलेसन , अस्पताल फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी , पत्रकारहरुलाइ अत्याबस्यक औसधि र स्वास्थ्य सामाग्री सहयोग गरि गर्दै आइरहेको छ । संघले कोभिड बाट बच्न र बचाउन आम नागरिक संगै हातेमालो गरिरहेको र आबस्यक परेमा थप सहयोग गर्ने समेत बताएको छ।

 
 
  
 

You may also like