अन्र्तराष्ट्यि पर्यटन दिवस देशैभर कार्यक्रमको आयोजना गरि सम्पन्न

by समतल अनलाइन

कपिलवस्तु –हाम्रो सम्पदा हाम्रो दायित्व” भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ मा घोषणा भए अनुरुप नेपाल युवा परिषदले विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रव्यापि बृहत सरसफाई कार्यक्रम नेपालका सातै प्रदेश वा ७७ वटै जिल्लामा सम्पन्न गरेको छ ।सोही अवसरमा प्रदेश नं।५ को कपिलवस्तु जिल्लाको जगदिशपुर ताल परिसरमा कपिलवस्तु नगरपालीकाको समन्वय तथा विभिन्न सामाजिक संस्था , जिल्ला प्रहरी कार्यालय , विधालय ,बाल क्लव ,युवा क्लवको सहकार्यमा सरसफाई गरिएको छ । विश्वमा वातावरण प्रदुषण सम्बधिका विभिन्न कार्यक्रमहरु चलिरहेका बेला नेपालमा पनि यसका असर र हामी नागरिकको दायित्वलाई मध्यनजर राखि राष्ट्रव्यापि सरसफाई कार्यक्रमको थालनी गरिएको हो । सम्भवत नेपालमा यो किसिमको ७७ वटै जिल्लामा एकै समयमा,एकै ढाँचा अनुसार थालनी गरेको पहिलो कार्यक्रम भएको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले बताउनुभयो । देश भरीमा करिब ५००० भन्दा बढिको सहभागिताबाट उक्त कार्यक्रम सफल भएको छ ।

जसमा विभिन्न सरकारी तथा गैरकारी निकायसँगको समन्वय र सहकार्य अनुरुप युवा जनशक्ति लगायतलाई समाज रुपान्तरणको जिम्मेवार निकायका रुपमा जनचेतना बढाउन आआफ्नो क्षेत्रबाट सबैले महत्वपुर्ण भुमिका निवार्ह गरेका छन् । यस बृहत सरसफाई कार्यक्रममा प्रत्येक जिल्लामा एक एक वटा सम्पदालाई सरसफाई गरिएको छ । उक्तm कार्यक्रमको जिम्मा राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि भएका युवा साथीहरुले लिनुभएको थियो । कार्यक्रमका कपिलवस्तु जिल्ला सयोंजक सुभद्र पोख्रेलको अध्यक्षता , कपिलवस्तु नगरपालीका वडा नं। ९ का अध्यक्ष मोहनलाल शर्माको प्रमुख आथित्यता , चेतनशिल प्रतिष्ठानका सल्लाहकार टि आर पाण्डे , रोट्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनका कोषध्यक्ष शुसान्त पोख्रेल , जेसिस कपिलवस्तुका सदस्य इन्द्रा पौडेल ,बाल क्लव , युवा क्लवका प्रतिनिधि विर्धाथी गरि १२० बढिको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै शर्माले आगामि दिनमा स्थानीय तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभइको छ । ्त्यस्तै चेतनशिल प्रतिष्ठानका सल्लाहकार टि आर पाण्डेले आफनो भनाई राख्दै युवाकाृ सक्रियतामा परिवर्तन सम्भंव भएको बताउँदै परिर्वतनको सुरुवात आफैबाट गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

बाल क्लवको तर्फबाट बोल्दै गौतम बुद्ध बाल समुहका अध्यक्ष देविराम कुर्मिले बालक्लवले पनी पर्यटकिय क्षेत्रको संरक्षणमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरि बाँके जिल्लामा अवस्थित बागेश्वरी मन्दिर परिसर ,रुपन्देहिको सिछबाबा ,नवलपरासिको रामग्राम स्तुप लगायतका १२ वटै जिल्लाका विभिन्न स्थलमा सरसफाई गरिएको थियो ।सरसफाई सम्बन्धिका कार्यक्रमहरुलाई थप उपलब्धि मुलक बनाउन र नेपाललाई एक सुन्दर र विश्व जगतमा पर्यटकिय देशका रुपमा स्थापित गर्न आजका युवाहरुको महत्वपुर्ण भुमिका रहने नेपाल युवा परिषद प्रदेश नं।५ का संयोजक सोम गुरुङले जानकारी दिनुभयो । नेपालगन्जमा भएको सरसफाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले आगमी दिनमा युवाहरुसँग समन्वय तथा सहकार्य गरे मात्र नेपालले राखेको सुखि नेपाली समृद्ध नेपालको बृहत अभियानलाई टेवा पुग्नेमा जोड दिनुभयो । साथै उहाँले पर्यटनमा लगानी गर्न सकियो भने राष्ट्र समृद्ध हुने साथै भिजिट नेपाल २०२० सफल हुने बताउनुभयो ।

 
 
  
 

You may also like